काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-११ ज्योती नगर टोल बस्ने ६५ वर्षीय बद्री नारायण चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, मनराशिसवा नगरपालिका-६ सरपल्लो बस्ने सुजय महत्तोकी छोरी १० वर्षीया अंशु कुमारी महत्तोको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । बलवा नगरपालिका-६ बलवा बजारस्थित मेलामा पिङ/झुलाको लागि प्रयोग गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर उपचारको क्रममा मृत्यु भएको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१९ जे गाउँ बस्ने ४७ वर्षीया लालमोती चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


