काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
सांसद सुनारले एक महिलासँग कुरा गरेको भनिएको आपत्तिजक अडियो प्रकरणमा पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोध्न लागेको हो ।
रास्वपाका एक पदाधिकारीकाअनुसार सुनारले महिलासँग गरेको कुराकानीको अडियो छताछुल्ल भएपछि अनुशासन आयोगले सोधपुछ, स्पष्टीकरणका साथै आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।
कार्यक्रम स्थगित अडियो काण्ड बाहिर आएसँगै सांसद सुनारको निर्धारित कार्यक्रम स्थगित भएको छ ।
हामी आउँदैछौ अभियानअन्तर्गत दाङमा खटिएका सुनारको आज घोराहीमा कार्यक्रम थियो । उक्त कार्यक्रम स्थगित भएको रास्वपाले जनाएको छ ।


