सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एलपी ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थप

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ ।

दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो ।

नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ ।

संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली (भानु ग्यास), ललितपुरको हरिसिद्धि (नेपाल र एचपी ग्यास), कलंकी (गीता ग्यास), खसीबजारस्थित आरके ट्रेडर्स (सीताश्री ग्यास) र सतुंगल (श्रीमाया ग्यास) रहेका छन् ।

यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि (नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास), पेप्सीकोला (सगर ग्यास) र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट (एभरेस्ट र सुगम ग्यास) लिन सकिने व्यवस्था मिलाइएको छ । यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ ।

असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ : ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो । साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !

१७ मिनेट अगाडि
नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

नेपालले क्यानडालाई हरायाे

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक