काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएका छन् ।
सो कम्पनीका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङहरू बगाएको छ प्रारम्भिक सूचना प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।


