काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ।
दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ।
अहिलेसम्म मत कोशी प्रदेशमा १२०७ मत मध्ये ६१३ मत खसेकाे छ । साथै मधेश प्रदेशमा १२३४ मत मध्ये ५९० खस्यो सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क – २४५७ मध्ये ७३३ मत खसेकाे छ ।
लुम्बिनी – १०७९ मध्ये ५७९ मत खस्यो गण्डकी – ७८७ मध्ये ५०७ मत खस्यो बागमती – १४९१ मध्ये ७३२ मत खसेकाे छ ।


