बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ ।

मध्यपूर्वको तनावपछि चुलिएको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिका कारण इलेक्टोनिक चिपसेटको मूल्य बढेको र यसबाट सेवा प्रदायकको सञ्चालन खर्चसमेत उठ्न नसकेको भन्दै सङ्घले सुपथ मूल्यका प्याकेज बन्द गर्ने निर्णय गरेको थियो ।

सङ्घको निर्णयसँगै निजी इन्टरनेट सेवा प्रदायकले सस्ता प्याकेजको बिक्री बन्द भएको घोषणा गरेका छन् । इन्टरनेट दैनिक जनजीवनको हिस्सा बनिरहँदा एक्कासि सुपथ मूल्यका प्याकेज बन्द हुँदा न्यून वर्ग इन्टरनेटको सुविधाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने आशङ्का बढेको छ ।

यही सन्दर्भमा हामीले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का प्रवक्ता डा कमल लामिछानेलाई के टेलिकमले पनि सुपथ मूल्यका साना प्याकेज बन्द गर्दैछ भनेर प्रश्न सोधेका छौँ । उनले भने, “टेलिकमले ग्राहकलाई जुन प्याकेज बिक्री गरिरहेको छ, त्यो निरन्तररूपमा चल्छ । अहिले मूल्य बढाउने सोच छैन, टेलिकमले ग्राहकलाई उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरको छ ।”

अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले सुपथ मूल्यमा वार्षिक र दुई वर्षको इन्टरनेट प्याकेज बिक्री गरिरहेको उनको दाबी छ । टेलिकमको फाइबर इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउँदै आएको कम्पनीले जनाएको छ । एक महिने र तीन महिने प्याकेजहरू पनि सञ्चालनमा रहेका छन् । कम्पनीले हाल उपलब्ध गराइरहेका फाइबर इन्टरनेट प्याकेजको विस्तृत विवरण वेवसाइट https://www.ntc.net.np/tariff/ftth-tariff मा हेर्न सकिनेछ ।

“अहिले उपभोक्तालाई इन्टरनेट ब्यान्डविथ जे–जति दिएछौँ, त्योभन्दा बढी नै पाउनुहुन्छ, त्योभन्दा कम हुँदैन । बिलिङको पाटो पनि पारदर्शी छ”, प्रवक्ता लामिछानेले भने । अझ दुई वर्षको प्याकेज एकैचोटी खरिद गर्दा एक वर्षको प्याकेजमा पाउने सुविधामा झन्डै १५ प्रतिशत सुहलियत उपलब्ध गराइएको टेलिकमको दाबी छ ।

अहिले टेलिकमले घरायसी ग्राहकलाई एक वर्षका लागि ५० एमबिपिएसको इन्टरनेट रु आठ हजार ४९९ मा उपलब्ध गराउँदै आएको छ । दुई वर्षको सेवा एकैपटक लिँदा उक्त ग्राहकले जम्मा रु १४ हजार ९९९  मात्र तिर्नुपर्छ । एकैपटक वार्षिक शुल्क भुक्तानी गर्दा दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

टेलिकमले ७५ एमबिपिएसको इन्टरनेटका लागि वार्षिक १० हजार ४९९, १०० एमबिपिएसका लागि ११ हजार ४९९,  एक सय ५० एमबिपिएसका लागि १२ हजार ९९९ र २०० एमबिपिएसका लागि १६ हजार ४९९ शुल्क तोकेको छ । गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकको सङ्ख्या चार लाख दुई हजार ११० पुगेको छ ।

इन्टरनेट जडान र मर्मतसम्भारलाई थप व्यवस्थित बनाइएको टेलिकमले जनाएको छ । “इन्टरनेट जडान गर्न चाहने ग्राहकले कार्यालयमा आउनुपर्ने छैन, सिधैँ १९८ मा फोन गरेर ‘डिमान्ड’ लिन सक्नुहुन्छ”, प्रवक्ता लामिछानेले भने, “उपभोक्तालाई चुस्त सेवा दिन सार्वजनिक बिदा तथा चाडपर्वमा पनि काउन्टर खुला राखेका छौँ ।” हाल  टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झण्डै ४०० पालिका र पालिकाका केन्द्रमा पुगेको छ । यो सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ ।

“राष्ट्रिय आवश्यकताको हिसाबले लाभ र लागत नहेरी दुर्गम र अतिदुर्गम स्थानमा सेवा विस्तार गरिरहेका छौँ”, प्रवक्ता लामिछानेले भने, “फाइबर इन्टरनेट नपुगेको स्थानमा ‘ब्रोडव्याण्ड इन्टरनेट’ सेवा उपलब्ध गराइरहेका छौँ ।” फाइबर इन्टरनेटसँगै मोबाइल डेटा र विभिन्न छुट हिसाब गर्दा उपभोक्तालाई इन्टरनेटको लगानी अत्यन्त न्यून पर्न जाने कम्पनीको दाबी छ ।

टेलिकमको फाइबरबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन हेर्न, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई ‘थ्री प्लस वान’ नामाकरण गरेको छ ।

अब टेलिभिजन हेर्न ‘भर्चुअल सेट–टप बक्स’
टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटिभीअन्तर्गत स्मार्ट टिभी प्रयोगकर्ताले ‘सेट टप बक्स’बिना नै सेवा प्रयोग गर्न सक्ने सुविधा ल्याएको छ । कम्पनीले यही असोज १५ देखि हाललाई एन्ड्रोइड टिभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ । ग्राहकहरूले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटिभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा सबै स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको टेलिकमका प्रवक्ता लामिछानेले जानकारी दिए । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ ।

नयाँ प्याकेज खरिद गर्दा ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा रु एक हजार छुट हुने व्यवस्था गरिएको छ । टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ ।  भर्चुअल सेट–टप बक्ससहितको टेलिभिजन प्रयोग गर्न कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजमा मोबाइल डाटा सुविधासमेत उपलब्ध छ ।

यो पनि पढ्नुहोस्

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

४ घण्टा अगाडि
ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक