ललितपुर । बिजय कपाली (म्याक्सीमस) तथा हरि कुँवरको संयुक्त आयोजनामा दोश्रो नेपाल गितार महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
सानेपा क्याम्पामा शनिबार सम्पन्न सो सांगितिक महोत्सवमा शनिबार १ बजेदेखि राती ८ः०० सम्म कलाकारहरुको सांगितिक स्तर ओकास्नका लागि एक बर्ष अगाडि देखि सुरु भएको नेपाल गितार महोत्सवमा पृथ्वी कुँगर, ऋडिस महर्जन, संजोग लामा, आशिष कायस्थ, अडिट राई, नयन जोशी बरुण खरेल, रिजिन लामा आयुश खतिवडा, मिन्सु मुस्कान चौघाटी, अमित मगर (अमित रकर), मन्नु शाही (जेरे), देव लामा, विजय कपाली (म्याक्सीमस), विनय शाह, अषेश डंगोल, समिर तुलाधर (सन्नी एसटी) आ— आफ्नो सांगितिक प्रस्तुति दिइएको थियो ।
सो कार्यक्रम सफल बनाउन सुबोध भण्डारी (क्याम्पसा), दिपक शाक्य, किरण शाही, अपूर्व नेपाली रायमाझी (साहाना गितार्स मेड इन नेपाल), जलन श्रेष्ठ (टिंग बज) लाउण्ड किलियर सहयोग गर्नु भएको थियो ।
कार्यक्रमा सहभागी कलाकाहरूलाइ सतिश स्थापित, ज्याेति घिमिरे, गिरिस श्रेष्ठ, गिटार जाम १ तथा हरि कुँवर, देव लामा, सुजन मानन्धरले गितार जाम २ का रूपमा सहयाेग गर्नु भएकाे थियाे ।
आयोजकले कार्यक्रममा सहभागी भएका कलाकारहरूलाई माया चिनो तथा रूपमा सम्मान प्रत्र प्रदान गरिएको थियो । कार्यक्रमका आयोजक बिजय कपाली (म्याक्सीमस) ले आगामी दिनहरुमा नेपाल गितार महोत्सव निरन्तर रुपमा कार्यक्रमको आयोजना गरि रहने जानकारी गराए ।

