आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देउवा संस्थापन पक्षको १५औँ महाधिवेशनमा नजाने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
समावेशीताको प्रभावकारी कार्यान्वयनमा कांस्रेस दृढ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन् । कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो ।

१५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो (शनिबार) औपचारिक निम्ता दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर शनिबार सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा. प्रकाश शरण महतले जानकारी गराए ।

पूर्वसभापति देउवालाई निम्तो आएछ उद्‌घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने, ‘मसँगको कुराकानीमा कुनै पनि उद्‌घाटन सत्रको निम्तो मान्न जाने कुरा भएको छैन। त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न ।’

समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन । देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए । त्यसबेला महामन्त्रीमा विश्व प्रकाश शर्मा र गगन थापा आएका थिए । तर जेनजी आन्दोलन पछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो । तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।

अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन् । तर देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्। देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ ।

यो पनि पढ्नुहोस्

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

२ घण्टा अगाडि
भारतले एसियन गेम्सकाे पुरुष क्रिकेटमा स्वर्ण पदक जित्याे

भारतले एसियन गेम्सकाे पुरुष क्रिकेटमा स्वर्ण पदक जित्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

सहमहामन्त्रीमा उम्मेदवारी दिदै सीता गुरुङ

कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी

देउवा संस्थापन पक्षको १५औँ महाधिवेशनमा नजाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक