काठमाडौं । सरकारले सङ्घीय संसद्को जारी अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाएको हो। संविधानअनुसार संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने अधिकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिमा रहने व्यवस्था छ।
गत वैशाख २८ गतेदेखि सुरु भएको चालु अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा १० भन्दा बढी विधेयक विभिन्न समितिमा छलफल तथा विचाराधीन अवस्थामा छन्।


