काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भेट भएको छ ।
प्रधानन्यायाधीश शर्मालाई भेट्न कार्की सर्वोच्च पुगेका थिए । सर्वोच्च स्रोतका अनुसार उनीहरुबीच करिब ४० मिनेट भेट भएको थियो ।
न्यायाधीशहरुको सुरक्षा चुनौती र अन्य विषयमा कुराकानी भएको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार १० घण्टा नियन्त्रणमा लिएर रिहा गरिएपछि फुलकोर्टले सोमबार कडा विज्ञप्ति जारी गरेको थियो ।
फुलकोर्टले जारी गरेको विज्ञप्तिपछिको सुरक्षा चिन्तालाई सम्बोधन गर्न आइजीपी कार्की सर्वोच्च पुगेका हुन् ।


