काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।
सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको धारणा छ । घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।



