काठमाडौं । इन्द्रजात्राको मुख्य दिन आज(शुक्रबार) वसन्तपुर दरबार क्षेत्रमा विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, मन्त्रीहरू, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख–उपप्रमुखलगायत वसन्तपुर पुगेका छन्।
राष्ट्रपति पौडेलले गद्दी बैठकबाट कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ। मुख्य रथयात्रा केही बेरमा हुँदैछ।
प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेकाले इन्द्रजात्रामा सहभागी भएका छैनन्।


