शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रसुवा । भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन् । सयौँको सङ्ख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा परेका छन् । बाढीपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कूलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बेपत्ता भएका छन् । बाढीकै कारण २०१ जना अभिभावकसमेत बेपत्ता छन् । प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६ जना, हाइल्याण्ड आवासीय माविका ४२ जना, नमूना एभरग्रिनका ४१ जना, मोडर्न ट्रिनिटीका ३३ जना, ग्रीनगार्डनका २५ जना, नर्थपोलका नौ जना र हिमालयनका पाँच जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।

आफ्ना आमाबुबा तथा अभिभावक गुमाएपछि ती स्कुले बालबालिकाको पठनपाठन अन्योलमा परेको छ । आश्रय र संरक्षणको अभावमा सयौँ बालबालिका हाल गम्भीर मानसिक तथा भौतिक सङ्कट व्यहोर्नु परेको छ । बाढीले विभिन्न भौतिक संरचनासहित शैक्षिक संस्थामा पनि क्षति पुगेको छ । बाढीकै कारण मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका बेपत्ता भएको छ ।

प्याब्सन रसुवाका अध्यक्ष लामा भन्छन्, “विद्यालय छात्रावासमा रहेका अभिभावक विहीन विद्यार्थीको खानपान तथा विद्यालय तत्काल सञ्चालनमा ल्याइ आवश्यक खाद्यान्नसहितका सामग्री उपलब्ध गराइएको छ ।”

जिल्लाका संस्थागत सात विद्यालयमध्ये पाँच वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन् । ठूलो क्षति ब्यहोर्न परेका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने आवश्यक तयारी भइरहेको जनाइएको छ ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले थप सहयोगका सबैसँग अपिल गरेको छ । केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीप्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन विभिन्न पहल र कोसिस भइरहेको जानकारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

१ घण्टा अगाडि
गृहमन्त्री मनोहरा खोलामा

गृहमन्त्री मनोहरा खोलामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक