काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल आसपासको क्षेत्रमा पुगेका छन् ।
मनोहरा खोलामा पानीको बहाव बढेर पार्टी कार्यालय आसपासको क्षेत्रमा जोखिम बढेपछि गृहमन्त्री गुरुङ त्यहाँ पुगेका हुन् ।
उनले बाढीको अवस्था तथा सुरक्षा र उद्धार व्यवस्थाबारे जानकारी लिएका छन् ।


