शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । काबुलमा आफ्नो दूतावासको सुरक्षा गरिरहेका नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने भएको छ।

अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेपछि काबुलबाट उद्दार गरेर बेलायत पुर्‍याइएका सुरक्षा गार्डहरूलाई नेपाल फिर्ता गराउने चेतावनी तत्कालका लागि स्थगित भएको बीबीसीले जनाएको छ।

काबुलमा सुरक्षार्थ खटिएर बेलायत पुर्‍याइएका उनीहरूको नाममा फिर्तीको सूचना जारी गरिएको थियो। सूचनापछि केही नेपालीहरू लुकेपछि होटलमा छापा मारेर नियन्त्रणमा समेत लिइएको थियो। बेलायतको आन्तरिक मामिला मन्त्रालयले त्यस सुचना हाललाई स्थगित गरिएको बताएको छ।

मन्त्रालयका प्रवक्ताले भनेका छन् -‘जारी भएको सुचना तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। केही विषयमा पुनरावलोकन गर्ने तयारी छ ।’

काबुलबाट बेलायत पुर्‍याइएका नेपाली मध्येका ३७ वर्षीय बम बहादुर गुरूङले काममा जाँदै गर्दा आफूसहित अन्यलाई नियन्त्रणमा लिएको बताएका छन्। फेब्रुअरी १७ २०२२ मा बेलायतले स्थायी बसोबासका लागि अनुमति दिए पनि जुन २०२२ मा त्यसको कार्यान्वयन गर्न नसक्ने पत्र पठाएको बताएका छन्।

‘हामीले बेलायती दुतावासको सुरक्षा गर्‍यौँ। अहिले हामीलाई अपराधीझैं गिरफ्तार गरियो। हामीले कुनै कानुन उल्लंघन गरेका छैनौं,’ उनले भनेका छन्।

गिरफ्तारीपछि उनीहरूले समुहगत रूपमा कानुनी लडाइँ लडेका थिए। उनीहरूका पक्षबाट लडेका कानुनी व्यवसायी डुन लुइसले सरकारले ती सुरक्षाकर्मीमाथि अन्याय गरेको बताएका छन्।

‘पहिले आफ्नो पहरेदारी गरेका सुरक्षागार्डमाथि सरकारले अन्याय गरेपछि उनीहरूकोतर्फबाट मुद्दा अघि बढाइयो,’ लुइसले भने।

अहिले निर्णय फिर्ता गर्नु सुखद रहेको कानुन व्यवसायी डुनकन लुइसले बताएका छन्। ‘कानुनी रूपमा भित्र्याइएका उनीहरूलाई कानुनी रूपमै सुविधा दिएर राख्नुपर्नेमा फिर्ती गर्ने निर्णय गलत थियो। सरकारले आफ्नो चेतावनी सच्चाएर सही निर्णय लिएको छ,’उनले भनेका छन्।

सुरक्षार्थ खटिएका मध्ये केही नेपालीहरूले बेलायतमा अनन्तकालसम्म बस्न पाउने कागजात प्राप्त गरेका छन्।

बेलायत र क्यानेडाको दुतावासको सुरक्षा गर्ने नेपाली मध्ये १३ जनामा लक्षित गरी सूचना आएको थियो। ती मध्ये १० जनालाई वेस्ट लण्डन होटलबाट गिरफ्तार गरिएको थियो।

उनीहरू वेस्ट लण्डन होटलको भान्सामा कार्यरत भेटिएका थिए। उनीहरूलाई होटलले अफगानी शरणार्थीलाई खानाको प्रबन्ध गराउने जिम्मेवारी दिएको थियो। गिरफ्तारमा परेका उनीहरूलाई आप्रवासी गिरफ्तार केन्द्रमा राखिएको थियो।

अफनानिस्तानबाट बेलायत पुर्नबास कार्यक्रम अन्तर्गत बेलायतले २५ हजार मानिसलाई उद्दार गरेको थियो। यस कार्यक्रम अन्तर्गत तालिवानबाट पीडित अल्पसंख्यक तथा महिला तथा बालबालिका र बेलायती दुतावासको सुरक्षामा खटिएकाहरूलाई ल्याइएको थियो।

अफगानिस्तानका तत्कालिन राष्ट्रपति असरफ घानी मुलुक छोडेर भागेपछि तालिवानहरूले सन् २०२१ अगस्टमा सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। तालिवानहरूले सत्ता हातमा लिएपछि बेलायतले त्यहाँस्थित सम्पूर्ण कार्यालय बन्द गरेको छ ।

 

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

१५ मिनेट अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक