बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्याब्सनद्वारा बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ सहयोग

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
प्याब्सनद्वारा बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले उक्त जानकारी गराएको हो ।

प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले भाद्र ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियानअन्तर्गत भाद्र २६ गते तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ ।

यस्तै, असोज ७ गते शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड रुपैयाँ छुट्याइएको प्याब्सनले जनाएको छ। यस्तै, प्याब्सनका सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेका छन्।

प्याब्सनले शिक्षा क्षेत्रको विकाससँगै राष्ट्रिय विपत्ति तथा संकटका समयमा राज्य र नागरिकसँग सहकार्य गर्दै सहयोग गर्दै आएको जनाएको छ ।

आगामी दिनमा बाढी प्रभावित क्षेत्रका पठनपाठनबाट वञ्चित बालबालिकाको शिक्षाको निरन्तरताका लागि आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउनसमेत प्रतिबद्ध रहेको प्याब्सनले जनाएको छ।

राहत अभियानमा सहयोग गर्ने सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति प्याब्सनले आभार व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

१ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

विपद्को संकेत, पूर्वतयारीको आवश्यकता

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक