काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।
१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।
अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।
उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।


