बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार संसद् बैठकमा सांसदहरूको नियमित र पूर्ण उपस्थिति अपेक्षित भए पनि व्यावहारिक परिस्थितिलाई ध्यानमा राख्दै शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका तय गरिएको हो।

निर्धारित तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ। तोकिएको दिन सम्बन्धित समूहका सांसदहरूलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ।

रास्वपाले तोकिएको तालिकामा कुनै समूहको नाम नपरेका सांसदहरूलाई भने संसद् बैठकमा उपस्थित हुन बाध्यकारी नभएको अर्थ नलिनसमेत स्पष्ट पारेको छ।

विशेष अवस्था बाहेक संसद् बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी रहेको सूचनामा उल्लेख छ। त्यस्तै, बैठकका क्रममा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक समय पालैपालो व्यवस्थापन गर्न सांसदहरूलाई आग्रह गरिएको छ। कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसदको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपाले जनाएको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक बुर्लाकोटीले जारी गरेको सूचनामा संसद्को छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउन उपस्थिति व्यवस्थापनको तालिका लागू गरिएको उल्लेख छ।

यो पनि पढ्नुहोस्

चीनमा घूस लिएको पाइएपछि पार्टीबाट निष्काशित

नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा पठाइरहेको आरोप

१७ मिनेट अगाडि
मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक