बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।

त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने जानकारी दिएका थिए ।

‘ठ्याक्कै मिति तय भइसकेको छैन तर नोभेम्बरको तेस्रो साताका लागि भ्रमण तय भएको छ,’ जानकार स्रोतले जनायाे ।

प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो भ्रमण सकेर काठमाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि स्रोतले जनायो ।

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइन वार्ता भएको थियो । सो वार्ताका क्रममा पनि प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा छलफल भएको स्रोतले बतायो । त्यसक्रममा भारत भ्रमणका एजेन्डबारे सामान्य छलफल भए पनि ठोस कुराकानी नभएको स्रोत जनाउँछ ।

‘दुई परराष्ट्रमन्त्रीको यो बैठक कर्टेसी कल हो त्यसो हुँदा विस्तृतमा कुराकानी भएको छैन । तर प्रतिनिधमण्डल स्वदेश फर्केपछि तीव्र रुपमा तयारी अघि बढ्छ,’ स्रोतले भन्यो । ‘दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी तयारी भइरहेको छ। भ्रमणको मिति भने तय भइसकेको छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री बताउँछन् ।

आफूले भारत भ्रमण गर्दा कुनै न कुनै उल्लेखनीय उपलब्धि होस् भन्ने चाहना प्रधानमन्त्रीको रहेको स्रोत जनाउँछ ।

‘लामो समयदेखिको सीमा विवाद छ । भैरहवा विमानस्थलका लागि भारतीय पक्षको अनुमतिको विषय अड्किएको छ, यीमध्ये कुनै न कुनै विषयमा सहमित भएर पदचाप बनोस् भन्ने प्रधानमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो ।

‘भारत भ्रमण चाँडै गर्ने विषयमा विगतमा पनि दुवै पक्षको सहमति रहे पनि समय तय हुन सकेको थिएन । तर अब भने करिब करिब मिति नै तय भएको छ,’ स्रोतले जनायाे ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसअघि साउनको दोस्रो साता प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेको जनाएका थिए । भ्रमणकै विषयलाई लिएर प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले असार अन्तिमतिर भारतको अनौपचारिक भ्रमण गरेको खुलेको थियो । गत चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री बालेनले एक वर्ष आफूले विदेश भ्रमण नगर्ने बताएका थिए । सुरुमा उनले संयुक्त राष्ट्र संघको महासभामा पनि भाग नलिने जनाएका थिए ।

तर भोटेकोशीमा आएको बाढी ठूलो विनास ल्याएपछि उनले जलवायु न्यायको विषय बलियोसँग प्रस्तुत गर्ने भन्दै उनी न्युयोर्क आएका छन् । त्यसलगत्तै उनले भारत भ्रमण गर्ने भएका हुन् ।

वर्तमान सरकार बनेलगत्तै परराष्ट्रमन्त्री खनालले गरेको मौरिसस भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग भारत भ्रमणको सैद्धान्तिक सहमति भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमै भारत भ्रमणको निम्तो दिएका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ उल्लेख गरेका थिए ।

सोहीअनुसार दुई मन्त्रीबीच भएको छलफलमा भ्रमणको मिति तय गर्नुअघि नेपालको नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारे जानकारी गराएका थिए ।

नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गरेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गर्ने र उच्चस्तरीय भ्रमणको तयारी पनि गर्ने नेपालको प्रस्ताव थियो । सो विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक लिएका खनालले जानकारी दिएका थिए । यसबीचमा दुई देशबीच निरन्तर भएको सकारात्मक छलफलपछि भ्रमणबारे ठोस उपलब्धि भएको स्रोतले बतायो ।

नेपाल र भारतबीच ४० वटाभन्दा धेरै विभिन्न दुईदेशीय संयन्त्रहरू छन् । ती संयन्त्रहरूलाई सक्रिय बनाएर दुई देशबीचको सहकार्यलाई सघन बनाउने सहमति न्यूयोर्कमा मंगलवार दुई मन्त्रीबीच बनेको पनि स्रोतले जनायो ।

यो पनि पढ्नुहोस्

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

मौसममा पूर्वसतर्कता अपनाउन आग्रह

१ घण्टा अगाडि
उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक