मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन् ।

आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले यमनमा विस्थापित हुनेको संख्या तीव्र रूपमा बढिरहेको जनाएका छन् । उनका अनुसार सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित भएकामा त्यसपछिको तीन दिनमा मात्रै थप ११ हजार ३५२ जना विस्थापित भएका छन् ।

आईओएमको पछिल्लो तथ्यांकअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै मानिस विस्थापित भएका छन् । त्यहाँ मात्रै ७३ हजार ४९४ जना विस्थापित भएको जनाइएको छ ।

यमन सन् २०१४ देखि जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ । सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो ।

वर्षौँदेखि जारी युद्ध, आर्थिक संकट तथा पटक–पटक आउने प्राकृतिक विपत्तिका कारण यमनका लाखौँ मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन् ।

यसैबीच, आईओएमका अनुसार आइतबार साँझसम्म यमनबाट लाल सागर पार गरेर ३ हजार १०६ जना मानिस जिबुती पुगेका छन् ।

यो पनि पढ्नुहोस्

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

१ हप्ता अगाडि
इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

एमालेको बैठक सुरु

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक