शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन क्षेत्रको उपचुनाव दलहरूको प्रतिष्ठा बन्दै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रविलाई रोक्न चौतर्फी घेराबन्दी, राजावादी र एमसीसी विरोधी रविसँग असन्तुष्ट
काठमाडौं । आगामी वैशाख २० गते तीन जिल्लामा हुने उपनिर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उपनिर्वाचन हुन लागेको तीनै स्थान तनहुँ–१, चितवन–२ र बारा–२ मा हेभिवेट भीडन्त हुने पक्का भएको छ । तनहुँका सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बाराका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवनबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो ।
तीनवटा निर्वाचन क्षेत्रमा नै चर्चित र पार्टीका प्रमुख नेता नै उम्मेदवार भएकाले उपनिर्वाचनमा सम्पूर्ण देशवासीको चासो देखिएको हो । विशेषगरी चितवनको उपनिर्वाचन अहिले सबैको नजरमा छ । त्यहाँ रास्वपाका सभापति रवि लामिछानेले नै पुनः मनोनयन गराएका छन् । यसअघि पहिलोपटक उम्मेदवार बन्दा नै निर्वाचन जितेका उनी पुनः उपनिर्वाचन जितेर संसद प्रवेश गर्ने दाउमा छन् । यसपटक उनीविरुद्ध कांग्रेसले युवानेता जितनारायण श्रेष्ठलाई लामिछानेविरुद्ध खडा गराएको छ ।
एमालेले भने रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् । उनी गत निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बने पनि कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेपछि न्यौपानेको उम्मेदवारी फिर्ता गरिएको थियो । चुनाव नजिकिएसँगै रास्वपाका सभापति लामिछानेको मुद्दा पनि पुनः बल्झिन थालेको छ । नागरिकता र राहदानीको मुद्दा चर्काएर फेरि लामिछानेलाई घेराबन्दीमा पार्न एउटा समूह पुनः सक्रिय भएको थियो । नयाँ नागरिकता लिइसकेको र राहदानीको विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरिसके पनि यो मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयले २०६५ असारमा कांग्रेसको तर्फबाट सांसद तथा मन्त्री समेत भइसकेका मोहमद अफताब आलमको मुद्दा नचलाउने निर्णय गरे पनि पछि मुद्दा उल्टिएको थियो । तर, उक्त निर्णयविरुद्ध अदालतमा रिट दायर भएपछि आलमविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढ्यो । जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश समेत दियो । त्यसयता उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन् । यही उदाहरण दिँदै सिन्धुलीका युवराज पौडेल ९सफल०ले लामिछानेविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन् । अहिले यो रिट सर्वोच्चमा विचाराधीन छ । उसो त लामिछानेले एमसीसीप्रति समर्थन र राजातन्त्रप्रति बेवास्ता देखाउँदै आएका छन्, त्यसैले एमसीसी विरोधी र राजावादीले पनि उनीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
तनहुँ–१ मा भने कांग्रेसबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । यसअघि कांग्रेसले जितेको र अहिले सत्ता गठबन्धनको पनि साथ रहेकाले भट्टराईको पल्लाभारी देखिन्छ ।तर, उनको मुख्य चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका डा। स्वर्णिम वाग्ले र नेकपा एमालेका सवेन्द्र खनालको हुनेछन् । अर्थशास्त्री वाग्ले हालैमात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् । यस्तै खनाल अवकाश प्राप्त प्रहरी महानिरीक्षक हुन् । यसअघि काठमाडौं निर्वाचन हारेका खनाललाई एमालेले फेरि तनहुँमा उम्मेदवार बनाएको हो ।
तनहुँमा अन्य दलका उम्मेदवारमा राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि छन् ।
बारा–२ मा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा गत निर्वाचनमा जसपाले जित हासिल गरेको थियो । सप्तरीबाट चुनाव हारेका यादवले बाराबाट संसद् प्रवेश रणनीति बनाएका छन् । तर, उनलाई मधेशवादी दल जनमत पार्टीकै मुख्य चुनौती हुनेछ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई आफ्नो उम्मेदवार बनाएको छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट यही क्षेत्रमा उम्मेदवारी बनेका कुशवाह यसपटक जनमत प्रवेश गरी उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा कुशवाह जसपाका रामसहायप्रसाद यावदसँग पराजित भएका थिए । उनीहरुलाई रास्वपाका उम्मेदवार रमेश खरेलले चुनौती दिनेछन् । खरेल अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् । यस्तै, एमालेका पुरुषोत्तम पौडेल, नेमकिपाका मुक्ति यादव पनि उम्मेदवार छन् । यो उपचुनावले दलहरुको लोकप्रियताको मापन पनि हुन सक्ने आंकलन गर्न सकिन्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

७ मिनेट अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक