आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वडा अधिवेशन स्थगित गर्न माग

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले आसन्न १५औँ महाधिवेशनका लागि आज हुने भनिएको वडा अधिवेशन स्थगित गर्न माग गरेको छ ।

क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न वडामा हुने वडा अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा क्षेत्र अन्तर्गतका दुबै पालिकाका विभिन्न वडाका वडा सभापति तथा क्षेत्रीय सभापतिसमेतको नेपाली कांग्रेस पोर्टल र पासवर्ड दुरुपयोग गरी धाँधलीपूर्ण तरिकाले विधान तथा पार्टीको सिद्धान्तलाई बेवास्ता गर्दै सक्रिय सदस्यता अध्यावधिक तथा नयाँ सक्रिय सदस्यता थप गरी पार्टी कब्जा गर्ने बदनियतपूर्ण कार्य भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा यस्तो कार्यले केन्द्रबाट पार्टीको मूल्य, मान्यता र सिद्धान्तलाई समेत ख्याल नगरी विभिन्न वडामा मृत व्यक्तिको सक्रिय सदस्यता, पार्टी परित्याग गरेका व्यक्ति, स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा राप्रपाबाट प्रदेशसभामा निर्वाचितसमेत भएका जानकी प्रसाद यादव लगायत सयौँ व्यक्तिको सक्रिय सदस्यता नवीकरण गरिएको दाबी गरिएको छ । त्यसैगरी संगठनमा आबद्ध धेरै पुराना तथा समर्पित पदाधिकारी र वरिष्ठ साथीहरूलाई समेत सक्रिय सदस्यताबाट वञ्चित गराइएको आरोप कांग्रेस क्षेत्र नं. ३ ले लगाएको छ ।

यस विषयमा नेपाली कांग्रेसको वडा अभियानदेखि नै पटक-पटक जिल्ला, प्रदेश र केन्द्रीय सभापति तथा महामन्त्रीसमेतलाई गुनासो तथा जानकारी गराउँदै आए पनि त्यसलाई बेवास्ता गर्दै सक्रिय सदस्यता वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । सक्रिय सदस्यता वितरणमा देखिएको विवादका कारण आफूहरूमा गम्भीर आपत्ति उत्पन्न भएको क्षेत्रीय सभापति उपाध्यायले बताएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का पदाधिकारीहरूबाट आज २०८३ असोज ८ गते हुने वडा अधिवेशन गराउने अवस्था नरहेको उल्लेख गर्दै क्षेत्र नं. ३ अन्तर्गतका सम्पूर्ण वडाको वडा अधिवेशन स्थगित गर्न माग गरिएको छ । क्षेत्रीय सभापति उपाध्यायले पार्टीको वैधानिक प्रक्रिया, विधान तथा संगठनको मूल्य-मान्यताविपरीत भएको भनिएको सक्रिय सदस्यता सम्बन्धी विवाद समाधान नगरी अधिवेशन अघि बढाउन नसकिने जनाउँदै विज्ञप्ति जारी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने

३ मिनेट अगाडि
कानुनभन्दा माथि राख्ने नियवाली हटाउन माग

नि:शुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै क्षेत्रमा पश्चिमा एकाधिकारबाट मुक्त हुनेतर्फ १८औं ब्रिक्स

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक