आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन छुट्टाछुट्टै पुरस्कारका लागि आवेदन आह्वान,

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
तीन छुट्टाछुट्टै पुरस्कारका लागि आवेदन आह्वान,
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । माघ २ गते पुरस्कार प्रदान गरिने हरेक वर्ष एक–एक लाख रुपैयाँ राशिका तीनवटा पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि सम्बन्धित व्यक्ति तथा संस्थाबाट दाबी र सिफारिससहित आवेदन आह्वान गरिएको छ।

नेपाल संवत् ११४६ यंलाथ्व सप्तमी, असोज २ गते शुक्रबार नेवाः देय् दबूको ३२ औं जन्मदिको अवसरामा सो पुरस्कारको आवेदन आह्वान गरिएको हो।

नारायणदेवी तीर्थ नेवाः समाजसेवा पुरस्कार, नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार र गिरिधरलाल नेपालभाषा सेवा पुरस्कारका लागि आगामी कार्तिक ३० गतेभित्र नेवाः देय् दबूको केन्द्रीय कार्यालयमा वा नेवाः देय् दबूको इमेलमार्फत आफ्नो दाबी तथा सिफारिस पठाउन सकिनेछ।

उक्त पुरस्कारका लागि दाबी तथा सिफारिस संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समिति गठन गरिएको छ।

हरेक वर्ष नेवाः देय् दबूको स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको यी पुरस्कार यस वर्षदेखि फरक ढाँचामा प्रदान गर्ने निर्णय गरिएको छ। सोहीअनुसार आगामी माघ २ गते शनिबार आयोजना हुने विशेष समारोहमा तीनवटै पुरस्कार प्रदान गरिनेछ।

तीन पुरस्कारको उद्देश्य नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समितिका सचिवले श्रीकृष्ण महर्जन ‘नेवाः’ले दिएको जानकारीअनुसार नारायणदेवी तीर्थ नेवाः समाजसेवा पुरस्कार नेवाः सामाजिक, सांस्कृतिक तथा अधिकारका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका तथा सम्पदा संरक्षणलगायत सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका संस्था, समूह, गुथि तथा व्यक्तिलाई प्रदान गरिने छ ।

त्यसैगरी नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेवाः समुदायका परम्परागत तथा आधुनिक व्यवसाय सञ्चालन गर्दै आएका व्यावसायिक संस्था, कम्पनी, समूह, गुथि, उद्यमी तथा व्यक्तिलाई प्रदान गरिनेछ।

यसैगरी गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार नेपालभाषा, नेपालभाषा साहित्य तथा नेपाल लिपिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका संस्था, समूह, गुथि तथा व्यक्तिलाई प्रदान गरिनेछ। नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समिति पुनर्गठन यस वर्ष नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समितिसमेत पुनर्गठन गरिएको छ। पुनर्गठित समितिमा अध्यक्ष डा. पुष्पराज राजकर्णीकार, उपाध्यक्ष रश्मिला प्रजापति (अध्यक्ष, नेवाः देय् दबू), सचिव श्रीकृष्ण महर्जन ‘नेवाः’ (महासचिव, नेवाः देय् दबू) सदस्यहरुमा डा. सुमित्रा मानन्धर गुरुङ, डा. लोचन मानन्धर, शाक्य सुरेन, महेन्द्रगोपाल कर्माचार्य, रमना श्रेष्ठ र विमलबहादुर शाक्य सदस्य रहेका छन्। त्यसैगरी पुरस्कार व्यवस्थापन समितिमा अध्यक्ष शाक्य सुरेन, छ्याञ्जे श्रीकृष्ण महर्जन ‘नेवाः’ मूछ्याञ्जे, नेवाः देय् दबू, दुजलय् मिलन शाक्य, विमलप्रभा बज्राचार्य र कृतिका बज्राचार्य रहेकोे कुरा पनि निर्णायक समितिका सचिव श्रीकृष्ण महर्जन ‘नेवाः’ले जानकारी दिएका हुन्।

यो पनि पढ्नुहोस्

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने

४ मिनेट अगाडि
कानुनभन्दा माथि राख्ने नियवाली हटाउन माग

नि:शुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै क्षेत्रमा पश्चिमा एकाधिकारबाट मुक्त हुनेतर्फ १८औं ब्रिक्स

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक