शनि, अशोज ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक वर्षमै साढे ४० हजार उजुरी

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
एक वर्षमै साढे ४० हजार उजुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका प्रवक्ताले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रतिवेदनका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन्।

४६९ पृष्ठ लामो सो प्रतिवेदन ६ परिच्छेदमा समेटिएको छ। प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रवृत्ति विश्लेषण, आयोगले प्रदान गरेका सुझाव र आगामी कार्यदिशा समावेश गरिएको आयोगले जनाइएको छ।

१ वर्षमै साढे ४० हजार उजुरी

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगमा जम्मा ४० हजार ५४२ वटा उजुरी परेका छन्। तीमध्ये ३३ हजार ५१९ वटा उजुरी सोही आर्थिक वर्षमा दर्ता भएका हुन् भने बाँकी ७ हजार ३२३ वटा अघिल्लो आर्थिक वर्षबाट सरेर आएका हुन्।

आयोगले वेबसाइट, इमेल, टेलिफोन, हुलाक सेवा, सामाजिक सञ्जाल र भौतिक रूपमै उपस्थित भएरसमेत उजुरी लिने गरेको छ। यस वर्ष वेबसाइटमार्फत सबैभन्दा बढी उजुरी प्राप्त भएको आयोगले जनाएको छ। प्राप्त उजुरीमध्ये ८०.३७ प्रतिशत (३२ हजार ८२३ वटा) उजुरी फर्स्योट भएका छन् भने बाँकी ८ हजार १९ वटा उजुरी आगामी वर्षका लागि सरेका छन्।

स्थानीय तहमा कामपाविरुद्ध सबैभन्दा बढी उजुरी

तहगत रूपमा हेर्दा सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित छन्। कुल उजुरीमध्ये ४९.०३ प्रतिशत (२० हजार २५ वटा) उजुरी स्थानीय तहका रहेका छन्। स्थानीय तहमा पनि सबैभन्दा बढी उजुरी पर्ने १० पालिकाको सूचीमा काठमाडौं महानगरपालिका अग्रस्थानमा छ।

काठमाडौं महानगरविरुद्ध २.२० प्रतिशत (४४१ वटा) उजुरी परेका छन्। त्यसपछि क्रमशः पोखरा महानगरपालिका, विदेह नगरपालिका, छिपहरमाई गाउँपालिका र जनकपुर उपमहानगरपालिका रहेका छन्।

संघमा भूमि व्यवस्था र प्रदेशमा मधेसविरुद्ध धेरै उजुरी

संघीय सरकारअन्तर्गतका मन्त्रालयमध्ये सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध परेका छन्। संघसम्बद्ध १५ हजार ५१२ उजुरीमध्ये १९.५७ प्रतिशत (३ हजार ३६ वटा) उजुरी यसै मन्त्रालयसँग सम्बन्धित छन्। त्यसपछि क्रमशः शिक्षा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयविरुद्ध धेरै उजुरी परेका छन्।

प्रदेश सरकारतर्फ कुल ५ हजार ३०५ उजुरी परेका छन्। तीमध्ये सबैभन्दा बढी मधेस प्रदेशविरुद्ध २७.८० प्रतिशत (१ हजार ४७५ वटा) र सबैभन्दा कम गण्डकी प्रदेशविरुद्ध ७.६७ प्रतिशत (४०७ वटा) उजुरी परेका छन्। विषय क्षेत्रका आधारमा कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् भने मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन्।

१ सय ७५ मुद्दा दायर, ५ अर्ब २३ करोड बिगो दाबी

आयोगले यस अवधिमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरेको छ। ती मुद्दामा ९९० जना प्रतिवादीविरुद्ध ५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९८९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। प्रतिवादीहरूमा १४५ जना महिला, ८०१ जना पुरुष र ४४ वटा संस्था रहेका छन्। दायर गरिएका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी ५६ वटा मुद्दा रहेका छन्। त्यसपछि क्रमशः घुस (रिसवत), गैरकानुनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा रहेका छन्।

यस्ताे फैसलाको अवस्था

आर्थिक वर्ष २०८२/८३ मा विशेष अदालतबाट फैसला भएका १५६ मुद्दामध्ये ८१ वटा (५१.९२ प्रतिशत) मुद्दामा कसुर कायम भएको आयोगले जनाएको छ। सोही अवधिमा सम्मानित सर्वोच्च अदालतमा कुल १०४ वटा पुनरावेदन दर्ता गरिएको र ३ वटा पुनरावलोकन निवेदन गरिएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ।

आयोगले भ्रष्टाचार नियन्त्रण आयोगको मात्र जिम्मेवारी हो भन्ने आम धारणामा परिवर्तन ल्याई भ्रष्टाचारप्रतिको सामाजिक स्वीकार्यता न्यूनीकरण गर्नुपर्ने चुनौती रहेको औँल्याएको छ। साथै, उजुरी फर्स्योटमा लाग्ने समयावधि न्यूनीकरण तथा अभियोजन गरिएका मुद्दाको सफलता दर अभिवृद्धि गर्ने उद्देश्यले अनुसन्धानको गुणस्तर बढाउन सार्थक प्रयास भइरहेको आयोगको दाबी गरेकाे छ।

806141211_1601504711769038_8017090845882375603_n807867964_2621538031635502_212450162018207722_n793899921_1058563843618095_5417958381399744462_n806159243_1404692911810330_5222166758024747396_n807641646_1031214043251559_4212034355278851908_n808997532_1465000685682926_4931605051765718939_n

यो पनि पढ्नुहोस्

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

३ घण्टा अगाडि
भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

आज संविधान दिवस मनाइँदै

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण

जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक