बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सम्भावित विपद्को जोखिम पहिचानलाई प्रभावकारी बनाउन बैठक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
सम्भावित विपद्को जोखिम पहिचानलाई प्रभावकारी बनाउन बैठक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लाङटाङ लिरुङमा भएको आइस–रक एभलान्च (बरफ–चट्टान पहिरो) पछि रसुवा–भोटेकोशी बाढीले पुर्‍याएको क्षतिपछि हिन्दुकुश हिमालय क्षेत्रमा यस्तै प्रकृतिका सम्भावित विपद्को जोखिम पहिचान, निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा उच्चस्तरीय बैठक आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल सरकारको आयोजना तथा स्विट्जरल्यान्ड दूतावासको सहयोगमा १५ देखि १७ सेप्टेम्बर अर्थात् भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौंमा विज्ञहरुसहित बैठक आयोजना गरिएको हो । बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका बंगलादेश, भुटान, चीन, भारत, नेपाल र पाकिस्तानका सरकारी अधिकारी, अन्तर्राष्ट्रिय हिममण्डल (क्रायोस्फियर) विज्ञ तथा विकास तथा सहायता संस्थाका प्रतिनिधिसहित ८० भन्दा बढी सहभागी छन् ।

बैठकको मुख्य उद्देश्य हिमनदीयुक्त हिमाली क्षेत्रमा रहेका उच्च जोखिमका स्थान पहिचान गर्नु, सम्भावित विपद्को निगरानी प्रणाली बलियो बनाउनु र जोखिमको समयमै पूर्वसूचना दिने संयन्त्र विकास गर्नु रहेको इसिमोडले जनाएको छ । गत १० भदौमा नेपाल–चीन सीमा क्षेत्रमा हिमनदीको ढिक्का खस्दा गेग्रान र लेदोसहित ठूलो बाढी आएको थियो । उक्त घटनाले भोटेकोशी–त्रिशूली क्षेत्रमा विपत्ती निम्त्याएको थियो । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ५ हजार १३० जना बेपत्ता छन् । ९ हजार ३५८ जना घाइते छन् । ‘लिरुङ आइस–रक एभलान्च’ नाम दिन प्रस्ताव इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले उक्त घटनालाई यसको उत्पत्तिस्थलका आधारमा ‘लिरुङ आइस–रक एभलान्च’ नाम दिन प्रस्ताव गरेका छन् ।

बैठकमा सहभागी प्रतिनिधिहरूले लिरुङ घटनास्थलको स्थलगत अध्ययनबाट छलफल सुरु गरेका थिए । त्यसपछि लिरुङ र रसुवा क्षेत्रमा भएको घटनाको पुनर्निर्माण, जोखिम मूल्यांकन तथा पूर्वसूचना प्रणालीका कमजोरीबारे छलफल भइरहेको छ । सन् २०२५ मा स्विट्जरल्यान्डको ब्लाटेनमा भएको यस्तै प्रकृतिको विपद् व्यवस्थापनमा संलग्न स्विस विज्ञहरूले आफ्नो अनुभव प्रस्तुत गरिरहेका छन् । हिन्दुकुश हिमालयका अन्य क्षेत्रमा भएका हिमपहिरो, हिमताल विस्फोट तथा चट्टान–बरफसँग सम्बन्धित विपद्का अनुभवसमेत बैठकमा आदानप्रदान गरिँदैछ ।

इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्र विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको अवस्थामा हिमालय क्षेत्रको जोखिमको निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक छ । एउटा देशको उच्च हिमाली क्षेत्रमा उत्पन्न भएको विपद् छोटो समयमै सीमापार अर्को देशका लागि पनि आपत्कालीन अवस्था बन्न सक्ने भएकाले क्षेत्रीय सहकार्य आवश्यक रहेको बैठकमा जोड दिइएको छ । तीन दिनसम्म चल्ने बैठकबाट हिन्दुकुश हिमालयमा ‘क्यास्केडिङ माउन्टेन रिस्क’ व्यवस्थापनसम्बन्धी संयुक्त कार्ययोजना तयार गर्ने तयारी छ ।

कार्ययोजनामा उच्च जोखिममा रहेका हिमनदीयुक्त क्षेत्र पहिचान, नियमित निगरानी, जोखिमको पूर्वानुमान तथा समयमै सूचना प्रवाहका लागि आवश्यक कदम समेटिनेछन् । बैठकको अन्तिम दिन नेपालमा रहेका चीन, पाकिस्तान, स्विट्जरल्यान्ड, बेलायत र नर्वेसहित विभिन्न देशका राजदूत तथा विकास साझेदार संस्थाका प्रतिनिधिसँग गोलमेच छलफलसमेत हुनेछ । छलफलमा बैठकबाट प्राप्त निष्कर्ष कार्यान्वयनका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे छलफल गरिनेछ ।

यो पनि पढ्नुहोस्

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने

२ मिनेट अगाडि
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङहङमा विशेष शो सम्पन्न

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक