बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

किशोरीको सम्झनामा दीप प्रज्वलन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
किशोरीको सम्झनामा दीप प्रज्वलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)द्वारा ६२ औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बाढी पहिरोलगायतका विपद, सशस्त्र द्वन्द र जेन्जी प्रदर्शनलगायत विभिन्न आन्दोलन, घटनामा परी मृत्यु भएका बालबालिका तथा किशोर किशोरीको सम्झनामा दीप प्रज्वलनको कार्यक्रमको आयोजना गरेको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आव्हानमा बालअधिकार र मानवअधिकारका क्षेत्रमा क्रियासिल व्यक्तित्वको उपस्थितीमा सिनामङ्गलस्थित शान्ति बालबालिका पार्कमा दीप प्रज्वलन  गरेर बालबालिकाको स्मरण गरिएको हो । बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न नागरिक सङघसंस्था सञ्जालको सहभागितामा आयोजित कार्यक्रममा अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको सुरक्षाका लागि तीनै तहका सरकार संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

उहाँले भन्नुभयो,“नेपालमा भइरहने आन्दोलन द्वन्द हिंसा विपदबाट सबैभन्दा बढि पीडित र प्रभावित पर्ने वर्ग बालबालिका भएको हुनाले उहाँहरूको सुरक्षामा लगानी बढाउनुपर्छ । अहिले भोटेकोसी बाढिबाट पनि बालबालिका धेरै प्रभावित भएकोले उहाँहरुको अल्पकालिन र दीर्घकालिन सुरक्षाका बारेमा सबैले ध्यान दिनुपर्छ ।” सो अवसरमा सहभागीले भोटे कोशी बाढीमा अभिभावक विहीन भएका बालबालिका, हराइरहेका बालबालिका कुरिरहेका अभिभावक अरुलाईसमेत राज्यले सम्बोधन गर्नुपर्ने बताएका थिए ।

त्यसैगरी यस्तो विपदमा बालविवाह, बालश्रम बालबालिका बेचबिखन हुन सक्नेतर्फ चनाखो हुनुपर्ने र गर्भवती सुत्केरी र अपाङ्गता भएका बालबालिकाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिएको छ । कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्व उपाध्यक्ष आयुषा पाण्डे, राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह, विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरुङ, एटविन तथा समग्र बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जालको तर्फबाट बेनुमाया गुरुङ सिविनका कुमार भट्टराईलगायतका बालअधिकारकर्मीको सहभागीता भएको थियो ।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

१ घण्टा अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपामा पार्टीकाे जिम्मेवारी बाँडफाँड

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

  प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालमा बाढी पीडितका लागि सहयोग जुटाउन अपिल    

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक