काठमाडौं । नेपाल क्यासिनो एसोसिएसनले रसुवा बाढीपीडितको लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ।
एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बन्धित क्यासिनोका महाप्रबन्धकहरुको संयुक्त टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज (गनेस) पौडेलसमक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
नेपाल क्यासिनो एसोसिएसनमा आवद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौं र पोखरा), बादशाह क्यासिनो, क्यासिनो माजोङ नेपाल, माजोङ बीरगञ्ज, माजोङ नेपालगञ्ज तथा क्यासिनो माजोङ नेपाल, नेपालगञ्ज र वीरगञ्जका स्टाफसमेतको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो।
बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको एसोसिएसनले जनाएको छ।
क्यासिनो एसोसिएसनमा आवद्ध अन्य क्यासिनोले छुट्टाछुट्टै सहयोग प्रदान गरिसकेका छन्।


