बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

३२ लाखको चेकबाट ६ करोडको सम्पत्ति हडप्ने दाउ, अदालतको मोहोरः पीडित

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
३२ लाखको चेकबाट ६ करोडको सम्पत्ति हडप्ने दाउ, अदालतको मोहोरः पीडित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंका २४ वर्षीय विशाल खनालले आफूलाई हुँदै नभएको लेनदेनको कागज र ३२ लाखको चेकबाट एक गिरोहले ६ करोड बराबरको सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् । पीडित खनालले मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरीता केसी र रामकुमार केसी दाजू–बहिनी र सूर्यबहादुर विष्टसहितको गिरोहले अदालतका केही कर्मचारीसँग सेटिङ् गरी लिलाम प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–८ निवासी खनालले आफूलाई निर्दोश सावित गर्ने प्रशस्त आधार तथा प्रमाण हुँदाहुँदै पनि आफ्नै पक्षमा लडेका वकील नै विपक्षसँग मिली काठमाडौं जिल्ला अदालत र उच्च अदालतबाट हार्नु परेको दाबी गरे । “वकिलले जानाजान बहस छाड्ने, प्रमाण पेश नगर्ने तथा फाँटमा रहेका अदालतका केही कर्मचारीलाई समेत केसी र विष्टले प्रभावमा पारी सम्मानीत अदालतलाई गुम्राहामा राखी न्याय मार्न खोजियो” खनालले भने ।

आफूहरुले अन्तिम न्यायका लागि सर्बोच्च अदालतमा पुनरावेदन गरेकै बखत काठमाडौं जिल्ला अदालतका फाँटकै कर्मचारीले यही २४ गते नै आफ्नो बुबाको नाममा रहेको करोडौंको सम्पत्ति लिलाम गर्ने सूचना पठाएको जानकारी दिए ।

तत्य प्रमाणलाई अन्देखा गर्नुका साथै सम्पत्तिको मुख्य हकवाला बुबा र अन्य घरपरिवारलाई कुनै थाहा जानकारी नदिई एकतर्फी फैसला गर्ने कार्यले दुःखी बनाएको खनालको गुनासो छ । “ल ठिक छ वकिल र कर्मचारी ठगहरुको प्रभावमा परे होलन्, तर नगरपालिका, वडा र मालपोतको विना सहमति एकलौटी रुपमा मूल्य तोकी लिलामको आदेशले सम्मानित अदालतप्रति प्रश्न उठेन र” खनालले भने ।

सामाजिक अभियान्ता ओमकुमारी शर्माले ठगहरुको गिरोहले सकेसम्म सबैतिर प्रभावमा पारेर खनाल परिवारको सम्पत्ति गैरन्यायीक लिलासम्म पुर्याए पनि अदालतप्रति आशंका गर्ने ठाउँ नरहेको जिकिर गरिन् । “हो यसमा वकिल विपक्षको प्रभावमा परेको प्रष्ट छ, गिरोहले अदालतका कर्मचारीलाई प्रभावमा परेको शंका गर्ने ठाउँ पनि छन्, हैन भने सर्बोच्चमा सोही मुद्ध चलिरहँदा लिलाम प्रक्रिया किन बढ्यो” उनले प्रश्न गरिन । अदालतको बचाउ गर्दै शर्माले भनिन्,“सबै तत्थ्य प्रमाण माननीय न्यायाधीशज्यूको टेबलमा नपुगेको पनि नहुनसक्छ, वकिलले जसरी डिफेन्स गर्यो त्यही आधारमा फैसला हुने हो ।”

काउन्सुलरसमेत रहेकी शर्माले गैर न्यायीकरुपमा भएको लिलाम प्रक्रिया रोकिने र भइहाले बदर हुने ठोकुवा गर्दै भन्,ि“अब वकिल चिनेर सम्मानित सर्बोच्च अदालतमा तत्थ्य प्रमाण पेस गर्नुहोला त्यहीँ न्याय पाईन्छ, आत्तिने कुरै छैन ।”

पीडित खनालले बारा निजगढ नगरपालिका–८ की सरीता केसी, उनका दाजु रामकुमार केसी तथा गुल्मी इस्मा रजस्थल गाउँपालिका–४ का सूर्यबहादुर विष्टलगायतले २०७९ सालमा आफूलाई धम्की तथा दबाब दिएर ३२ लाख रुपैयाँको चेक काट्न बाध्य पारेको दाबी गरेका छन् । उनका अनुसार केसी र विष्टबीच रहेको भनिएको १९ लाख ६० हजार रुपैयाँको लेनदेन विवादमा आफूलाई अनावश्यक रूपमा बीचमा पारिएको जनाए ।

उनले चेक काट्न बाध्य बनाएलगत्तै आफूले ‘अपराधिक बलप्रयोग’ सम्बन्धी मुद्दा दायर गरेको र त्यसपछि सरीता केसीले चेक अनादरसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको उनको भनाइ छ ।

आफूले अदालतमा केसी र विष्टबीचको भनिएको लेनदेनसम्बन्धी विवाद समाधान भइसकेको तथा आफू उक्त कारोबारमा जिम्मेवार नरहेको प्रमाण पेस गरेको भए पनि ती प्रमाणलाई पर्याप्त रूपमा सम्बोधन नगरिएको खनालको दाबी छ ।

यो पनि पढ्नुहोस्

ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

३७ मिनेट अगाडि
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

सामाजिक सञ्जालमा महिलामाथि दुव्र्यवहार बढ्दो

४० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक