काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा हराएका नागरिकका आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। भदौ १० गते गएको बाढीका कारण हराएका नागरिकका आफन्तहरूले सरकारको ध्यानाकर्षण गराउनका लागि माइतीघरमा प्रदर्शन गरेका हुन्।
माइतिघर मण्डलामा पीडित परिवारहरूले त्रिशूली ३ ‘बी’ हाइड्रोपावरलाई प्राथमिकता दिनुस्, त्रिशूली ३ ‘बी’ हाइड्रोपावर क्याम्पमा भारी लोड उठाउने हेलिकोप्टर लगायत अरू उपयुक्त साधन उठाइदिन अनुरोध, कति घर बसेर कुरेर रोएर दिन बिताउने हामी पीडित शान्तिपूर्ण आह्वान लेखिएको ब्यानरसहित प्रदर्शन गरिरहेका छन्।


