काठमाडाैं । यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ।
राष्ट्रिय युवा कोषको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई ४० हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका सदस्य डा. बमबहादुर थापा ‘जीताली’ले जानकारी गराईएकाे छ।
पुरस्कार छनोटका लागि प्राध्यापक रामकुमार पाण्डेकाे संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा भाषासेवी रमा शर्मा, डा. बमबहादुर थापा ‘जीताली’, जीवनाथ धमला र प्रा. डा. खुमनारायण पौडेल तथा सदस्यसचिवमा डा. विष्णुबहादुर भण्डारी रहेका थिए।
नेपाली साहित्यका माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा स्थापित यो पुरस्कार हरेक वर्ष भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने ४० वर्षमुनिका युवा प्रतिभालाई प्रदान गरिँदै आएको छ। नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा सक्रिय युवा सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले २०४२ सालमा राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो।


