काठमाडौं । मुन्धुम कथाबस्तुमा आधारित रहेकाे नाटक ‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने भएकाे छ ।
थापागाउँस्थित एक थिएटर नेपालमा नेपालमा गत साउन १८ गतेदेखि नाटक मञ्चन सुरु भएको नाटक आज शुक्रबार र शनिबार दुई दिन मात्रै प्रदर्शन हुने आयाेजकले जनाइएकाे छ ।
याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक यासेली योङहाङले नाट्य रूपान्तरण गरेको हाे । यस नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका हुन् ।
नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको छ ।
यस ‘केसामी नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । यसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरिएकाे छ ।
दर्शककाे मन जित्न सफल यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरु छन् ।
नाटक हरेपछि प्रतिकृया


