बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सम्मानका साथ जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
0
राष्ट्रिय सम्मानका साथ जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा उहांलाई राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो ।
उनको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा चर्चित गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
श्रेष्ठको निधनसँगै नेपाली साहित्यले केवल एउटा कवि गुमाएको छैन, नेपाल भाषा र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवद्र्धनमा उनको योगदान करिब सात दशक लामो रह्यो । मदन पुरस्कार गुठीले पनि उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि ‘जगदम्बा–श्री’बाट सम्मानित गरेको थियो ।
दुर्गालाल श्रेष्ठको जन्म सन् १९३५ जुलाईमा काठमाडौंको न्हैकन्तला टोलमा भएको थियो । उनी मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका थिए । उनको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि नै साहित्यतर्फ आकर्षित भएका श्रेष्ठले सन १९४९ बाट लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।
लेखनको प्रारम्भिक चरणदेखि नै उनले नेपाल भाषालाई आफ्नो सिर्जनाको प्रमुख माध्यम बनाए । पछि नेपाली भाषामा पनि उत्तिकै प्रभावशाली सिर्जना गरे । नेपाल भाषा साहित्यमा उनको योगदानकै कारण नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । उनका कविता र गीतमा प्रेम, प्रकृति, सामाजिक चेतना, मानवीय संवेदना, सकारात्मक सोच र सांस्कृतिक पहिचानका विषय बलियो रूपमा आएका छन् ।
नेपाल भाषामा उनका चर्चित कृतिमा ‘ग्विनिला’, ‘इन्कलाबया पलाः’, ‘जि स्वयम्भू त्वाथः’, ‘फ्याखं पिचा’लगायत छन् । नेपाली भाषामा ‘निमन्त्रणा’, ‘इच्छाको सिमाना’, ‘तपक’, ‘फूल तिम्रै बारीको’, ‘किरमिरे धर्साहरू’, ‘कागजको डुङ्गा’, ‘चिरबिरी’ र ‘अन्तर्भाव’जस्ता कृति चर्चित छन् । उनी कविता र गीतकार मात्र नभई नाटककार तथा बालसाहित्यकारसमेत थिए ।
श्रेष्ठको नाम नेपाली जनमानसमा सबैभन्दा गहिरो रूपमा जोडिएको सिर्जना हो,‘फूलको आँखामा फूलै संसार’ । न्ह्यू बज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वरमा लोकप्रिय बनेको यो गीतले श्रेष्ठलाई नेपाली गीतसंगीतको इतिहासमै विशिष्ट स्थान दिलाएको छ । गीतको मूल भाव सकारात्मक दृष्टिकोणसँग जोडिएको छ । संसारलाई हेर्ने मानिसको दृष्टिकोण नै उसको संसार निर्माण गर्ने आधार हो । श्रेष्ठको अर्को लोकप्रिय गीत सयथरी बाजा एउटै चाल रहेको छ ।
दुर्गालालको साहित्यको विशेषता केवल भाषिक मिठास थिएन । उनले सामान्य मानिसको जीवन, दुःख, संघर्ष, श्रम र सपनालाई आफ्ना सिर्जनामा स्थान दिए । नेपाल भाषामा लेख्दा उनले आफ्नो मातृभाषाको संरक्षण र विकासमा योगदान गरे भने नेपालीमा लेख्दा उनको सिर्जना देशभरका पाठक र श्रोतामाझ पुगे ।
उनका कवितामा संगीतात्मकता विशेष रूपमा पाइन्छ । यही कारण उनका धेरै कविता सहजै गीतमा रूपान्तरण हुने खालका छन् । उनको साहित्य नेपाल भाषाको सीमाभित्र मात्र रहेन; उनका केही सिर्जना अंग्रेजी, जापानी, कोरियनलगायत भाषामा समेत अनुवाद भएका छन् । साहित्यिक अनुसन्धानमा उनलाई नेपालका प्रमुख कवि तथा गीतकारमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ ।
श्रेष्ठले गीत लेखनमा पनि लामो समय योगदान गरे । एउटा अन्तर्वार्तामा उनले नाटकका लागि गीत आवश्यक परेपछि आफैं गीत लेख्न थालेको बताएका थिए । सन १९५४ बाट गीत लेख्न थालेका उनले नाटक र सांस्कृतिक गतिविधिमार्फत नेपाल भाषाको साहित्यिक तथा सांगीतिक चेतना फैलाउने कामसमेत गरे ।
श्रेष्ठलाई जीवनभर विभिन्न साहित्यिक तथा सांस्कृतिक सम्मान प्राप्त भयो । ‘श्रेष्ठ सिरपा’, ‘मूर्तिमान सिरपा’, नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कारलगायत सम्मानबाट उनी सम्मानित भए । नेपाल भाषा परिषद्ले उनलाई जनकवि उपाधि दिएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यसमेत बनेका थिए ।
उनको योगदानलाई कदर गर्दै ‘जगदम्बा–श्री’बाट सम्मानित गरिनु उनको साहित्यिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि थियो । मातृभाषा र नेपाली भाषामा लामो समयसम्म गीत, कविता, काव्य र बालसाहित्य सिर्जना गरेको योगदानका लागि उनलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा गायिका आनी छोइङ डोल्माको उपस्थिति आफैंमा भावुक संयोग बनेको छ । श्रेष्ठको जीवनले एउटा स्रष्टाले भाषा, साहित्य र संगीतमार्फत समाजसँग कसरी संवाद गर्न सक्छ भन्ने उदाहरण छाडेको छ । उनले लेखेका शब्द केवल कागजमा सीमित रहेन । गीत बने, जनताको मुखमा पुगे र समयसँगै जीवनदर्शन बने ।
आज राष्ट्रिय सम्मानका साथ जनकवि श्रेष्ठलाई अन्तिम बिदाइ गरिँदै गर्दा उनको सिर्जनाले भने नेपाली समाजसँग बिदाइ लिएको छैन। ‘फूलको आँखामा फूलै संसार’ भन्ने उनको सकारात्मक दृष्टिकोणजस्तै उनका शब्दहरू पनि नेपाली साहित्य र संगीतको स्मृतिमा लामो समयसम्म फूलिरहनेछन् ।

यो पनि पढ्नुहोस्

जनकवि दुर्गालाल श्रेष्ठ ९३ वर्षकाे उमेरमा निधन

जनकवि दुर्गालाल श्रेष्ठ ९३ वर्षकाे उमेरमा निधन

२ दिन अगाडि
कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक