मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड मध्येकाे एक मानिएकाे एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडि सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रवीन्द्र ढाँट रहेका छन्।

श्रावण ३१ गते आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमईबीच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा खल्ती बाई आइएमईकी मेनेजर पुजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका थिए। एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्ती मार्फत गर्नेछ।

सोही अवसरमा धामीले यस वर्ष पनि जोडिन पाउँदा खुशी लागेको बताउँदै खेलाडीको सम्मानमा मञ्चले गर्ने यो ग्रान्ड कार्यक्रम सरहानीय कार्य हो, भनिन् । यसैगरी मञ्चका अध्यक्ष अधिकारीले आईएमई खल्ती परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरेका थिए ।

यसैगरी महासचिव अञ्जन खड्काले यस सम्झौताले स्पोट्र्स अवार्डलाई थप उचाइमा लैजाने अभियानमा आईएमई खल्ती परिवारप्रति निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे । एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस पल्सर स्पोट्सको मुटु हो, भने । मनोनयनमा परेका खेलाडी महिनाभरी यी खेलाी चर्चामा रहने भएकोले चर्चा पिपल्स च्वाइस अवार्डले स्पोट्र्स अवार्डकै ओज बढाउने काम गरेको बताए ।

भोटिङमा नयाँ शैलीकाे प्रयाेग

यसै बर्षदेखि पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ। विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरुले जति पनि रुपैंया हाल्न पाइन्थ्यो। तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ। जसको लागि १० रुपैँया मात्र राख्न पाउने नियम बनाइएको छ।

अर्थात अब एक समर्थकले एक युजरबाट दिनमा १ पटक मात्र भोट हाल्न सक्नेछ। तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले यो परिवर्तन बारे भने, ” विगतमा समर्थकले चाहे जति रकमको भोट एकसाथ हाल्न पाइन्थ्यो। यसले गर्दा योग्य उम्मेदवार भन्दा पनि अन्यले मौका पाउने आलोचना वढ्यो। मञ्चको उदेश्य नाफा कमाउने नभई योग्य उम्मेदवार अगाडि आउन भन्ने हो। त्यसैले यो नयाँ तरिका अपनाइएको हो। हामीलाई विश्वास छ, यो तरिकामा सबै पक्ष खुशी हुनेछ। ”

यसरी छानिन्छ 

विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमइमा प्राप्त मतका आधारमा चुनिने छ । भोटिङ पार्टनर आईएमई खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुबाट प्राप्त मतको हुनेछ ।
फेसबुकबाट मत दिंदा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ । यो विधाका विजेताले पल्सर मोटरसाइकल जित्नेछ । गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले प्राप्त गरेका थिए । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ नै सुरु भइसकेको छ ।

खेलाडीहरू उत्साहित 

एसियाली खेलकुदको इन्डिभिजुयल काता र टिम कातामा छानिएकी कराते खेलाडी सानुमाया थिङले पिपल्स च्वाइसको मनोनयनमा परेको खुशी ब्यक्त गरिन्।

उनले भनिन् , ” यो सफलताको लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खेल करिअरमा नयाँ उर्जा थपिएको मैले महशुश गरेको छु।”

त्यस्तै भलिवलकी चर्चित युवा खेलाडी मीना सुनारले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्वको विषय भनी ब्याख्या गरिन्। मीना पनि एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छिन्। आइतबार पत्रकार सम्मेलनमा पूजा, रविन्द्र र शेर विदेशमा रहेकाले उपस्थित थिएनन्।

खेलाडीको प्रोफाइल

मीना सुनार (भलिबल) – उदीयमान महिला भलिबल खेलाडी, शक्तिशाली स्पाइकर – काभा महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन – काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो – एभरेस्ट भलिबल क्लब, बुटबलकी कप्तान

पूजा राना (फुटबल) – एसियन कप छनोट उज्वेकिस्तानमा उच्च प्रदर्शन – विदेशमा व्यावसायिक लिगमा प्रभावशाली प्रदर्शन – भुटान (ट्रान्सफर युनाइटेड) र बंगलादेश (फरासगन्ज एफसी र नासरिन स्पोट्र्स एकेडेमी) सँग आबद्ध

यो पनि पढ्नुहोस्

एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर

एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर

२ दिन अगाडि
दशौं राष्ट्रिय खेलकुदकाे मिति तोक्याे

दशौं राष्ट्रिय खेलकुदकाे मिति तोक्याे

४ दिन अगाडि

सानुमाया थिङ (कराते) – विश्व कराते च्याम्पियनसिप (कायरो, इजिप्ट), एकल कातामा सहभागिता – २१औं एसियन कराते च्याम्पियनसिप (कांस्य पदकलाई प्रतिस्पर्धा) – दक्षिण एसियाली कराते च्याम्पियनसिप (टिम काता स्वर्ण, एकल काता रजत) – यूकेकेसी वान अल्टिमेट काता र कुमिते

च्यालेन्जमा स्वर्ण

शेर मल्ल (क्रिकेट) – आईसीसी टी–२० विश्वकप डेब्यु खेलकामे पहिलो बलमै विकेट लिन सफल – मलेसियामा एसियन गेम्स क्वालिफायरमा हङकङसँग ४ विकेट र मलेसियासँग ३ विकेट लिन सफल – नेपाल प्रिमियर लिग सिजन २ मा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका – एनपीएलका १० खेलमा १७ विकेट लिन सफल।

रवीन्द्र ढाँट (मिक्स मार्सल आर्ट्स) – ‘बझाङका बाघ’ भनेर चर्चित एमएमए फाइटर – गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेट च्याम्पियन । – एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त – रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक