सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हट्याे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमबारबाट हटेको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि विपक्षी सांसदहरू आफ्नो विरोधबाट पछि हटेका हुन्।

सोमबार बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू विगतका बैठकमा झैँ उठेर विरोध जनाएका थिए।  त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै लामो समयदेखि भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६ देखि ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरे। उनले सरकार र प्रधानमन्त्रीका नाममा रुलिङ भइसकेको भन्दै विपक्षी सांसदहरूलाई बस्न आग्रह गरेपछि उनीहरू बसेका थिए।

विपक्षी दलहरूले गत १७ जेठदेखि प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिको जवाफ र तथ्यगत स्पष्टीकरण माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका थिए।

प्रधानमन्त्रीले लिपुलेकसहित सीमा विवादका विषयमा भारत र चीनसँगै बेलायतसँग समेत कुरा गरिएको तथा नेपालले पनि भारतको भूमि मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको जनाएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले संसद्मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत राख्दै आएका थिए। तर प्रधानमन्त्री प्रश्नोत्तरका लागि संसद्मा उपस्थित नभएपछि विरोध निरन्तर चल्दै आएको थियो।

जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिन गरी ७८ दिनसम्म विपक्षी सांसदहरूले बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए। सभामुखले सोमबार प्रधानमन्त्रीलाई नियमावलीअनुसार सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि भने लामो समयदेखि जारी विरोध तत्कालका लागि हटेको हो।

यो पनि पढ्नुहोस्

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

२ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक