बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सत्तारूद्ध राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का सांसदहरूलाई युवाहरूसम्म पुगेर उनीहरूका चिन्ता र अन्योल हटाउन निर्देशन दिएका छन्।

साथै, प्रश्नपत्र लीकका लागि जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार कडा कारबाही गरिने आश्वासन पनि उनले दिएका छन्।

‘मंगल मिलन’ नाम दिइएको एनडिए संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विद्यार्थीहरूको हितको रक्षा गरिनेमा उनीहरूलाई आश्वस्त पार्न सांसदहरूलाई ताकेता गरेको बैठकबारे जानकार स्रोतले जनाएको छ।

‘पक्राउ परेका व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ… तर विपक्षी दलहरूले रचिरहेको षड्यन्त्रबारे विद्यार्थीहरूलाई सचेत गराउनुपर्छ,’ बैठकको विवरणबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

कक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनबीच प्रधानमन्त्रीको यो बयान आएको हो।

सोमबार संसदको मनसुन अधिवेशन सुरु भएसँगै परीक्षा सञ्चालनमा भएका अनियमितता र प्रश्नपत्र लीकको विषयलाई लिएर संसदभित्र र बाहिर तीव्र विरोध प्रदर्शन भएको थियो।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय मन्त्री किरेन रिजिजुले भने, ‘…प्रधानमन्त्रीजीले सबैलाई मार्गदर्शन गर्नुभयो… यो धेरै फलदायी बैठक रह्यो। प्रधानमन्त्रीले धेरै महत्त्वपूर्ण मुद्दाहरूमा सम्बोधन गर्नुभयो। उहाँले पछिल्ला महिनाहरूमा देशले हासिल गरेका सफलताहरू र विभिन्न देशहरूसँग गरिएका स्वतन्त्र व्यापार सम्झौताहरूका बारेमा चर्चा गर्नुभयो।’

मन्त्री रिजिजुका अनुसार प्रधानमन्त्रीले किसानहरूको हितलाई सधैँ प्राथमिकतामा राखिने आश्वासन दिएका छन्।

‘कुनै पनि देशसँग गरिने स्वतन्त्र व्यापार सम्झौतामा किसानको कल्याण नै सर्वोपरि रहनेछ र यी सम्झौताहरूले किसान र राष्ट्र दुवैको उत्तम हित गर्ने सुनिश्चित गरिनेछ,’ रिजिजुले भने।

रिजिजुले नवनिर्वाचित राज्यसभा सदस्यहरूलाई स्वागत गरिएको जानकारी दिँदै भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नविन पनि पार्टी अध्यक्ष बनेपछि पहिलो पटक राज्यसभा सदस्यका रूपमा बैठकमा सहभागी भएको बताए।

यो पनि पढ्नुहोस्

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

इरानमाथि लगातार नवौँ दिन हवाई हमला

१ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक