शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

महामारीयताकै सर्वाधिक पर्यटक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्।

सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु-याउन भारतपछि धेरै पर्यटक भित्रिने मुलुक चीनमा पर्यटन प्रवद्र्धनको काम सुरु गर्न लागेको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो, “महामारीले असर परेका अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रलाई थप चलायमान बनाउन पर्यटक आगमन सङ्ख्या नै बढाउनु हो। दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनमा केन्द्रित रहेर त्यहाँबाट पर्यटक भित्र्याउन ‘चाइनिज सेल्फ मिसन कार्यक्रम सुरु गर्न यही महिना त्यसतर्फ जाँदैछौँ। चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्यासमेत बढाउनुपर्ने देखिएको छ।”

भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको जनाउँदै उहाँले पछिल्लो समय आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेकाले पर्यटक आवागमन थप सुधारात्मक हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्यअनुसार अनलाइनबाट नेपाल प्रवद्र्धनको काम जारी रहेको उहाँले बताउनुभयो।

सन् २०२३ को मार्चमा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ९११ जना आएका छन्। यस्तै अमेरिकाबाट नौ हजार ५५७, बेलायतबाट छ हजार १३३, जर्मनीबाट चार हजार १४९, श्रीलङ्काबाट तीन हजार ८९८, थाइल्यान्डबाट तीन हजार ८२९, अस्ट्रेलियाबाट तीन हजार ६३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६३५ र दक्षिण कोरियाबाट दुई हजार ६३९ जना पर्यटक नेपालमा भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार मार्चमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्यामा सन् २०१९ को तुलनामा अहिले ७८ प्रतिशत सुधार देखिएको छ। नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली मुलुकबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। त्यस्तैगरी फेबु्रअरीमा ७३ हजार २५५ पर्यटक नेपाल आएका थिए। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै बसेका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। आन्तरिक हवाई सेवा भरिभराउ छन्।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

५ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक