शनि, असार २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एएमसीको भ्रष्टाचारमुद्दामा मुछिएका सबै आरोपितहरू सफाइ

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
एएमसीको भ्रष्टाचारमुद्दामा मुछिएका सबै आरोपितहरू सफाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता(एएमसी)को भ्रष्टाचारमुद्दामा मुछिएका सबै आरोपितहरूलाई सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले १८ जना आरोपितहरूलाई एकमुष्ट रुपमा सफाइ दिएको हो ।

विशेष अदालतले नेपाल टेलिकमका तत्कालिन प्रवन्ध निर्देशकहरू सुनिल पौडेल, संगीता पहाडी तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, तत्कालीन वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठलाई सफाइ दिएको हो ।

उनीहरूसँगै तत्कालीन निमित्ति निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धकहरू राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराई, चिनिया कम्पनी एसिया–एन्फो र कर्मचारीहरू अनि नेपाल एजेन्ट अरनिको इन्टरनेशनलका शैलेश श्रेष्ठ लगायतले पनि सफाइ पाएका छन् ।

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार ठेक्कामा अनियमितता गरेको आरोपमा उनीहरूमाथि ३३ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाएको थियो । तर त्यतिबेलासम्म ९ करोड ८८ लाख रुपैयाँ भुक्तानी भएको थियो । वार्षिक मर्मतसम्भार ठेक्कामा हरेक वर्ष ५ प्रतिशतका दरले छुट दिने व्यवस्था गरेकोमा त्यस अनुसार दावी नगरेको अख्तियारको आरोप थियो ।

अख्तियारले मुद्दा दायर गर्दा सम्पूर्ण सम्झौता नभई सम्झौतामा उल्लेख भएको ५ प्रतिशत छुटको मागदावी नलिएकाले राज्यकोषमा नोक्सानी भएको भन्दै विशेष अदालतले सम्झौतामाथि अख्तियारले प्रश्न नउठाएकाले त्यसलाई अन्यथा भन्न नमिल्ने व्याख्या गरेको हो ।

मूल सम्झौतामा नै वार्षिक मर्मतसम्भार शुल्क हेरफेर हुनसक्ने भनेको, वार्ता र छलफलबाट रकम तय गर्न सकिने बाटो दिएको भन्दै विशेष अदालतले अरू शर्तहरू तय गर्न मूल सम्झौताले रोक नलगाएको निष्कर्ष निकालेको हो ।

ठेकेदार कम्पनीले नै अब ५ प्रतिशत छुट नहुने भनी जानकारी गराएको र त्यसवारे अख्तियार अपडेट नै रहेको भन्दै विशेष अदालतले वार्षिक मर्मतसम्भार सम्झौतामा कुनै समस्या नरहेको निष्कर्ष निकालेको हो ।

‘वार्तामा बसी नेपाल टेलिकमका कर्मचारी र पदाधिकारीहरूले मिलोमतो गरी टेलिकमलाई हानी नोक्सानी पुर्‍याउने वदनियतले काम गरेको पुष्टि हुन सकेको देखिएन’ विशेष अदालतले संक्षिप्त आदेशमा भनेको छ, ‘तसर्थ प्रतिवादीहरू सबैले आरोपदावीबाट सफाई पाउने ठहर्छ ।’

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

४ हप्ता अगाडि

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

परिणाममुखी काम गर्न निर्देशन

साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक