काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनगर्ठन सुझाव संकलन कार्यदलको बैठक आज बस्दैछ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार विहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा बैठक बोलाएको छ । गत १० असारमा सम्पन्न सचिवालय बैठकले पार्टी पुनगर्ठनबारे पार्टी कार्यकर्ताहरुबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।


