शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नक्कली परिचयपत्र बनाएर अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै छ । ठगीमा संलग्न मोरङ घर भएका केशव दुलालसहित ४ जना पक्राउ परेसँगै पीडितहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयमा धमाधम जाहेरी दिइरहेका छन् ।

हालसम्म उजुरीकर्ताको सङ्ख्या १ सय ४५ पुगेको छ । शुक्रवार सम्ममा १ सय ४५ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई जानकारी दिए । डा. केसीले भने, ‘उजुरकर्ता अझै बढ्न सक्छन् ।’

केशव दुलालसहितका आरोपीहरुबिरुद्ध सुरुमा ८१ जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सो उजुरीपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परे । सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका मध्ये टङ्क कुमार गुरुङसँग जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएको छ । ललितपुर धापाखेल स्थित आफ्नै घरमा होटेल चलाउने गुरुङले आफू योजनामा संलग्न नभएको र ‘सम्पर्क सूत्र’को रूपमा मात्रै काम गरेका बयान दिएका छन् । टङ्क गुरुङ पाँचथरका स्थानीय हुन् । लेनदेनको अडियो प्रहरीमा दाङ घर भएका सन्देश शर्मा सो ठगीको मुख्य योजनाकार रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

अमेरिका जाने आशामा पैसा बुझाएका एक जना पीडित र सन्देश शर्माको बिचमा भएको अडियो कुराकानी प्रहरीले फेला पारेको छ । पीडितसँग सन्देश शर्माले भनेका छन्, ‘मैले नेता र मन्त्री पत्नीलाई पैसा बुझाएको छु, मसँग रेकर्ड छ ।’ अमेरिकामा मान्छे पठाउन नसके रकम फिर्ता माग्दा शर्माले भनेका छन्, ‘गरिदिने मान्छेलाई पैसा दिएका छौँ, समिति बनाउने बार्गेनिङ गरेर हामीसँग नै खाइरहेका छन्, नियतवश प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर काम लम्ब्याउन खोजिँदै छ ।’ पीडितहरूले नै प्रहरीलाई सो अडियो बुझाएका हुन् । अडियोमा उल्लेखित नामसँग आरोपीहरूको सम्पर्क स्थापित भएमा उनीहरू पनि अनुसन्धानको दायरामा आउने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरी महानिरीक्षक  कार्कीको रिटमा पेशी तोकियो

प्रहरी महानिरीक्षक कार्कीको रिटमा पेशी तोकियो

२८ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सार्वजनिक ऋणको पासोमा नपरोस् मुलुक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक