काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने जनाएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ ।
यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता । यो तीनटा कुरामा तलमाथि हुने गरी दख्खल अन्दाज गर्न खोजियो भने फेरि देशमा दुर्घटना हामीले जानेर/नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना हामीले निम्त्याउनेछौं ।’ संविधानका आधारभुत विषय नचलाइ आवश्यक सुधार गर्न सकिने उनको आग्रह छ ।

