शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान को आयोजनामा दि हिडन ट्रेजरको समन्वयमा मिस नेपाल २०२६ का प्रतियोगीहरूलाई लक्षित गरी स्तन तथा पाठेघरको मुख (सर्भाइकल) क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम एआईटीएम कलेज, खुमलटार ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य नेपालमा महिलामा बढी देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे समयमै जानकारी, रोकथाम, प्रारम्भिक परीक्षण तथा उपचारको महत्वबारे प्रतियोगीहरूलाई सचेत गराउनु प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले देशभर क्यान्सर सम्बन्धी जनचेतना, स्क्रिनिङ तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.रजनी झाले क्यान्सरका जोखिमका कारण, प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षण, एच.पि.भी खोपको महत्व तथा स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरको जोखिम कम गर्न सकिने विषयमा जानकारी गराएका थिए । विशेषगरी महिलाहरूले नियमित प्याप स्मीयर, एच.पि.भी खोप, स्तनको स्व–परीक्षण तथा आवश्यक परे म्यामोग्राफी जस्ता परीक्षण समयमै गराउनुपर्नेमा जोड दिइएको थियो । साथै, क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए उपचारको सफलता धेरै हुने भएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी मिस नेपाल २०२६ का प्रतियोगीहरूले सक्रिय सहभागिता जनाउँदै विशेषज्ञहरूसँग अन्तरक्रिया गरेका थिए । उनीहरूले प्राप्त ज्ञानलाई समाजका विभिन्न तहसम्म पु¥याई महिला स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले यस्ता जनचेतनामूलक कार्यक्रमहरू मार्फत क्यान्सरको समयमै पहिचान, रोकथाम तथा उपचारसम्बन्धी जानकारी समुदायसम्म पु¥याउँदै आएको जनाएको छ । संस्थाले विशेषगरी महिलाको स्वास्थ्य प्रवद्र्धन र क्यान्सर नियन्त्रणका लागि विभिन्न विद्यालय, कलेज तथा सामुदायिक स्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. रजनी झा, दि हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, दि हिडन ट्रेजरका पूर्व अध्यक्ष सुर्वण क्षेत्री, प्रतियोगी व्यवस्थापक आध्या कार्की, कन्टेन्ट क्रिएटर सोफिया व्यञ्जनकार, लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, न्हुजःगुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ, कार्यक्रमका प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली, साथै मिस नेपाल २०२६ का प्रतियोगिहरु ईशा सुवेदी, प्रनिसा खनाल, ंंंंंंंंंंयुक्ता पौडेल, अंशु कुवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कसिस सुब्बा, मानस्वी शर्मा, सुस्मा भण्डारी, प्रतिस्ठा आचार्य, आर्या निशान्त, आयुष्मा के.सी खत्री, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगादे, महिमा पंन्त, दिपमाला ढकाल, सेजा श्रेष्ठ, विभुषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयाशी श्रेष्ठ, अर्बिशा थापा, रचना भट्टराई को उपस्थिति रहेको थियो ।

कार्यक्रम खुमलटारस्थित एआईटीएम कलेजमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग पु¥याएको दि हिडन ट्रेजर तथा एआईटीएम कलेज, खुमलटार प्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।

 

यो पनि पढ्नुहोस्

 पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउ

छुटरसहुलियत नदिने अस्पताललाई कारवाही गर्न निर्देशन

१८ घण्टा अगाडि
वीरका १२ कर्मचारी सम्पर्कविहीन भएका सम्पर्कमा नआए कारवाही गर्ने

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मेक्सिको अन्तिम १६ को यात्रा तय

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक