बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ बुधबार राति भएको खेलमा इङ्ल्यान्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलभरि इङ्ल्यान्डले विपक्षीको पोस्टमा १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारे बाधक बने । घानाले भने खेल अवधिभर मात्र दुई पटक गोलको प्रयास गरेको थियो । इङ्ल्यान्डका निको ओ’रेलीले खेलको उत्तरार्धमा प्रहार गरेको हेड बल बारमा लागेर फर्किएपछि टोली जितबाट चुकेको थियो ।

पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको इङ्ल्यान्डको यो फितलो प्रदर्शनले टोलीको विश्वकप उपाधि यात्राको सम्भावना माथि पुनः प्रश्न उठाएको छ । खेल अवधिभर इङ्ल्यान्डको प्रदर्शन गत युरो २०२४ को कमजोर लय जस्तै देखिएको थियो ।

यो बराबरीका बावजुद दुवै टोलीको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना भने बलियो छ । समूह ‘एल’ मा दुवै टोलीको दुई खेलबाट समान ४–४ अंक भएको छ । इङ्ल्यान्डले अब शनिबार मेटलाइफ स्टेडियममा पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजित नभए इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ ।

विश्वकप इतिहासमा इङ्ल्यान्ड अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन र त्यो कीर्तिमान यस पटक पनि जोगिएको छ । फिफा वरीयतामा इङ्ल्यान्डभन्दा ६९ स्थान पछाडि (७३ औं स्थानमा) रहेको घानाले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ।

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

४ घण्टा अगाडि
दुई जना खेलाडी सम्मानित

दुई जना खेलाडी सम्मानित

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक