चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् । उनी आइतबार बिहान चितवन ओर्लिएका हुन् । उनले आफ्नी छोरीलाई समेत चितवन लगेका छन् ।
बालेन रास्वपाका वरिष्ठ नेता हुन् भने आजै रास्वपाको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले गर्ने कार्यक्रम छ । रास्वपाको पहिलो महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको छ ।


