सुनसरी । धरान उपमहानगरपालिका-१७ त्रिवेणी चोक बस्ने ३५ वर्षीय प्रकाश राईको घरबाट अवैध लागूऔषध गाँजा करिब ६४ किलोग्राम सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार प्रकाशको खोजी गरिगरहेको छ ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ चुलबुले खोला नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्बेबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


