धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरू भएको मतदान जारी छ ।
सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न सुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान सकिए लगत्तै मंगलबार नै मतगणना गर्ने तयारी भइरहेको छ ।
कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुनेछ ।
पहिलो चरणमै सभापति निर्वाचित भएमा दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ ।


