आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन्। जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’बाट नियमित औषधि सेवन गरिरहेका हुन्। औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी गराए । उनका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेद्भाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन्। समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उनको भनाइ छ। नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उनले जानकारी दिए।

यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन्।

समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन्। सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले जनाए ।

सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए।

नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिए।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

६ दिन अगाडि
स्वास्थ्य बीमा सुधार

स्वास्थ्य बीमा सुधार

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक