काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुनको मूल्य २ लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाइएको छ ।
सोमबार चाँदी तोलामा ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।


