मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
0
सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकलाई पुराना दलले उपेक्षा गरेका छन् भने नयाँ भनिएको श्रम संस्कृति पार्टीले बहिष्कार गरेको छ ।

संसदमा जारी गतिरोध अन्त्यका साथै देश बनाउने अभियानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको साझा धारणा बनाउन सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए ।

संसदमा निरन्तर विरोध गरेर सरकारलाई कामै गर्न नदिने रणनीति लिएका विपक्षी दलहरुले गतिरोध हटाउन सत्तारुढ दलले लिएको पहलकदमीलाई पनि उपेक्षा गरेका हुन् । संसदमा उग्र रुपमा प्रस्तुत भइरहेका हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृतिले त बैठकमा सहभागिता नै जनाएन् ।

सिंहदरबारस्थित लेखा समितिको हलमा सुरु भएको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष/सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको थियो । तर, कांग्रेस, एमाले र नेकपाले अध्यक्षलाई नपठाएर उपेक्षा गरेको हो । राष्ट्रिय सभामा प्रतिनिधित्व रहेको जसपाले पनि अध्यक्ष पठाएको छैन ।

बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक प्रचण्ड सहभागी भएनन् । कांग्रेसले संसदीय दलका नेता भिष्म आङ्देम्बे र सांसद फिरदोश आलमलाई पठाएको छ ।

एमालेले प्रमुख सचेतक ऐन महरलाई पठाएको छ । नेकपाले भने सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेता वर्षमान पुनलाई पठाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै सहभागी भएका छन् । जसपाबाट राष्ट्रिय सभा सदस्य मोहम्मद खालिद र नेता सुरेन्द्र झा सहभागी छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

९ घण्टा अगाडि
भारतले जमिन मिचेको देखाउनुपर्ने माग

भारतले जमिन मिचेको देखाउनुपर्ने माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक