बिहि, जेष्ठ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
0
भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जाजरकोट–रुकुम पश्चिम भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ।

बैंकको आर्थिक सहयोगमा कर्णाली प्रदेशको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालय को नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि बुधबार औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

वि.सं. २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट विद्यालय भवनमा क्षति पुगेपछि सिद्धार्थ बैंकले पुनर्निर्माणको जिम्मेवारी लिएको थियो। नवनिर्मित भवनको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल ले गर्दै विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई भवन हस्तान्तरण गरेका हुन्।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै सीईओ बस्यालले विद्यालय भवन निर्माणलाई केवल भौतिक पूर्वाधार निर्माणका रूपमा नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिनुपर्ने बताए।

उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने आधारभूमि भएकाले सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण सुनिश्चित गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यो परियोजना सम्पन्न गरेको उल्लेख गरे।

बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूको सुरक्षित शिक्षामा पहुँच विस्तार गर्नुका साथै नियमित पठनपाठन, सिकाइ वातावरण र समग्र शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यअनुरूप शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदाय विकाससँग सम्बन्धित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यो पनि पढ्नुहोस्

गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान, आउँदैछ रोचक ट्वीस्ट

इमेल परिवर्तन भएमा जानकारी गराउन राष्ट्र बैङ्ककाे आग्रह

१ दिन अगाडि
एनएमबि बैंकका ग्राहकहरूलाई  भारतकाे मेदान्ता अस्पतालमा छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतकाे मेदान्ता अस्पतालमा छुट

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

के संसद  तमासा देखाउने ठाउँ हो?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

नेपाल फोटो फेस्टिभल २०२६ काे तयारी

धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक