बुध, जेष्ठ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीमा विवादकाे विषयमा अभिव्यक्तिको प्रस्टीकरण

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
0
सीमा विवादकाे विषयमा अभिव्यक्तिको प्रस्टीकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको प्रस्टीकरण दिएका छन्।

भारतसँगको सीमा विवाद कूटनीतिक वार्ता र पुरानै संयन्त्रमार्फत समाधान हुने उनले प्रस्ट पारेका छन्।

सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले उठाइरहेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको बचाउ गरे। सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको कुरा आएपछि प्रधानमन्त्री अचम्ममा परेको कुरा मात्र सदनमा राखेको उनले दाबी गरे। मन्त्रिपरिषद् बैठकपछि पोखरेलले भने, ‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको होइन, यस्तो कुरा आउँदा आफू अचम्ममा परेको मात्र जनाउनुभएको हो।’

यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको उनले स्मरण गराए। भूमि सम्बन्धी सीमा विवाद मिलाउन दुई देशबिच पहिलेदेखि नै विभिन्न संयन्त्र निर्माण भएको र तिनै संयन्त्रमार्फत काम भइरहेको पोखरेलले बताए। कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको भूमि भारतमा पर्न सक्ने कुरा तिनै संयन्त्रहरुबाट आएको उनको भनाइ छ।

सीमा विवाद सुल्झाउन नेपाल र भारत दुवैले एकअर्कालाई ‘डिप्लोमेटिक नोट’ पठाएको जानकारी दिँदै उनले दुई देश बसेर टेबल टक मार्फत विवाद मिलाउने प्रधानमन्त्रीको भनाइ रहेको उद्धृत गरे। जति पनि आवश्यक कुरा छन्, ती कूटनीतिक तरिकाबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइसकेको पोखरेलले जनाए ।

विपक्षीको मागअनुसार प्रधानमन्त्रीले सदनमा आएर थप प्रस्ट पार्ने या नपार्ने भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता पोखरेलले प्रधानमन्त्री सदनप्रति पूर्ण रुपमा उत्तरदायी रहेको बताए। यसअघि पनि सदनमा आएर जवाफ दिएको र आवश्यकता पर्दा प्रधानमन्त्री फेरि सदनमा आएर उत्तर दिने उनले प्रस्ट पारे।

यसैगरी, मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले उक्त प्रतिवेदन सरकारलाई औपचारिक रुपमा प्राप्त भएपछि मात्र त्यसउपर थप कारबाही अगाडि बढ्ने जानकारी दिए।

यो पनि पढ्नुहोस्

करेन्ट लागेर तनहुँमा ३ जना घाइते

करेन्ट लागेर मृत्यु

८ घण्टा अगाडि
रविलाई भारतमा ‘भव्य सम्मान’ दिइएको प्रति कटु टिप्पणी

रविलाई भारतमा ‘भव्य सम्मान’ दिइएको प्रति कटु टिप्पणी

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘छाया मन्त्रिपरिषद्’ गठन गरेकाे हाेइन : नेता आङ्देम्बे

प्रतिनिधि सभा निर्वाचनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

कलाकारले भने– ‘रोल नं १’ अभिभावकले हेर्नै पर्ने सिनेमा

राष्ट्रिय सभाको बैठक स्थगित

इमेल परिवर्तन भएमा जानकारी गराउन राष्ट्र बैङ्ककाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक